४८ लाख बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप ?

कात्तिक १०, सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् ।  १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित गरेको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मिर्गौला लगायतका दीर्घरोगीले खोप पाउने छन् । गत सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ ।

सो खोप करिब ४५/४६ हजार दीर्घरोगी बालबालिकाले पाउने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहाल बताउँछन् । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ४६ हजार हजार दीर्घरोगी रहेको अनुमान गरिएको छ । यस्तै, खोप लगाउन छुटेका दीर्घरोगीले समेत फाइजरको खोप पाउनेछन् । ​

दीर्घरोगीले फाइजर खोप कार्तिक २८ गतदेखि देशभरका २४ अस्पताल र काठमाडौँ उपत्यकाका ९ अस्पतालबाट खोप लगाइने छ ।खोप शाखाका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । जसमा करिब ४६ हजार दीर्घरोगी बालबालिकाले कोरोना विरुद्धको खोप लगाइने निश्चित भएपनि ४८ लाख ५४ हजारले कहिले खोप पाउने बारे टुङ्गो छैन । 

सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोपको प्राथमिकतामा पारेको छ । थप १२ वर्षदेखि १८ वर्ष सम्मका ४९ लाख गरी २ करोड ६५ लाख जनसङ्ख्यालाई खोप दिने सरकारको लक्ष्य छ । बालबालिकाका लागि चाहिने फाइजर र मोर्डना खोप प्राप्तिका प्रशासनिक प्रक्रिया पुरा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय गरे पनि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय भने गरेको छैन ।

नेपालमा कतिले लगाए खोप ?

कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये कोरोनाभाइरस विरुद्धको खोप ८६ लाख ४९ हजार २ सय ५१ जनाले  पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, पूर्ण मात्रा ६७ लाख ७० हजार १ सय ५४ ले भने पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 पहिलो र पूर्ण मात्रा गरी एक करोड ५४ लाख १९ हजार ४ सय ५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् कुल जनसङ्ख्याको २८.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने २२.३ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन् ।

सरकारले कुल जनसङ्ख्याको लक्षित समूह ७२ प्रतिशत अर्थात्     एक करोड ९९ लाख २२ हजार १ सय ६४ जना खोप दिने तय गरेको छ । जसमा ४३.४ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । यस्तै, दुवै मात्रा ३४.० प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 30 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *