मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

१० चैत, काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्मै कायम हुनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पनि केही ठाउँमा मेघगर्जन/चट्टयाङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सूचित गरेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 20 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *