
नवलपुर, कार्तिक ११ । नवलपुरको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको पिबी ०४ भी ४६३९ नं.को ट्रकले प्रदेश ३–०३–००१ प ६८७९ नं.को मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अगाडी ठक्कर दिदा गैँडाकोट ४ का २५ वर्षका सन्तोष घिमिरेको मृत्यु भएको हो ।
गएरातीे भएको दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिनुभयो । घिमिरेलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।