
नवलपुर, कार्तिक ११ । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघले भोली कावासोतीमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको प्रथम साधारणसभाको अवसर पार्दै रेडक्रस भवन फलफूलचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संघले जनाएको हो ।
गत वर्ष स्थापित जिल्ला संघले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक तथा सेवामूलक कार्यमा भूमिका निर्वाह गर्ने हेतु कार्यक्रमको आयोजना गरिएका अध्यक्ष रेशमलाल चापागाईले बताए ।
कोभिड महामारीका बेला ब्यवसायीलाई असहज परिस्थिति हुँदा समेत नवलपुरमा कोभिड व्यवस्थापन समितिलाई आर्थिक सहयोग गर्नुका साथै समस्याग्रस्त व्यवसायीलाई सहयोग प्रदान गरेर मदिरा र मदिरा ब्यवसायलाई हेर्ने नागरिकको दृष्टिमा संघले आफूलाई सामाजिक जिम्मेवारी बोध भएको मर्यादित पेशाका रुपमा स्थापित गर्न लागिरहेको संघका सचिव प्रभात न्यौपानेले जानकारी बताएका छन् ।
सोही क्रममा यसपटक रक्तदान कार्यक्रम आयोजना गरिएको जनाईएको छ । भोली शुक्रवार बिहान ११ वजे रक्तदान कार्यक्रम शुरु हुने जनाईएको छ ।