कांग्रेस महाधिवेशनकाे मिति फेरि सर्‍यो, अब मंसिर २४ देखि २६ सम्म हुने

कात्तिक ११, काठमाडौं ।। नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुने भएकाे हाे।

केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार आज निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो।

आज सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिकमा हुनेछ भने गाउँ/नगर अधिवेशन ३० कात्तिकमा हुनेछ। यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ।

सोलुखुम्बू, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन २७ कात्तिकमा र एक मात्र क्षेत्र भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मंसिरमा हुनेछ ।

उता, जुम्लाको जिल्ला अधिवेशन १ मंसिरमा हुने केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, विभिन्न ४६ वटा जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ।

रसुवा र रौतहटमा कायम विवाद समाधान भइ नसकेका कारण यी दुई जिल्लाको अधिवेशन मिति तोकिएको छैन। १६-१७ मंसिरमा प्रदेश अधिवेशन गर्ने विज्ञप्तिमा उल्लेख छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 19 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 18 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *