नेपालआर्मी मेयर कप भेट्रान्स फुटबलको सेमिफाइनलमा

काठमाडौं, १२कात्तिक
नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे । राजुले खेलको छैटाैँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
विकर्णले १६औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरीले ४९औं मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए । आर्मीका हरि म्यान अफ द म्याच घोषित भए ।
लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए ।
एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समयअवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम