नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढायो
कात्तिक १३, काठमाडौं ।। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ । शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो ।
मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ ।
पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको हो । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।
हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ अमेरिकी डलर पुगेकाे छ ।
यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।
https://www.nsancharonline.com/archives/6988?p=6988कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/6988?p=6988२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/6988?p=6988पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/6988?p=6988दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/6988?p=6988काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/6988?p=6988दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/6988?p=6988कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/6988?p=6988एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/6988?p=6988गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/6988?p=6988चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति