पछिल्लो २४ घण्टामा देशभर पाँच सयभन्दा कम संक्रमित

नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कात्तिक १३, काठमाडौं ।। जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३७२ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
५ हजार ३१६ जनाको पिसिआर परीक्षण र २५९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ।
९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.४ प्रतिशत छ।
त्यस्तै काठमाडौं उपत्यकामा १६८ थपिएका छन्। जसमध्ये काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत