नवलपुर, कार्तिक १३ । मध्यविन्दुको भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चोरमाराकै ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो । 

गण्डकी प्रदेश ००१–०४ प २७४८ नम्बरको  मोटरसाईकल चोरमाराबाट अम्रसा जाने क्रममा बाटोमा रुखमा ठोकिएर दुर्घटना भएको तम्सारिया प्रहरी चौकीले जनाएको छ । 

दुर्घटना लगतै प्रहरीले उद्वार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिनुभयो ।  

दुर्घटना पछि मोटरसाईकल क्षत् विक्षत् अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन ।