यू-२३ फुटबल: नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित

कात्तिक १४, काठमाडौं ।। एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जीत विहीन र गोल विहीन बनेको छ। प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो।

लेबनानलाई जीत दिलाउन जेइन फरानले दुई गोल गरे। मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे।

यस जीतसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन।

नेपाल जीत विहीन रहँदै घर फर्किएको छ। समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन।

नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो। नेपाल समूहको पुछारमा रह्यो। लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन्। इरान र ताजकिस्तानको समान  २ खेलबाट ६ अंक रहेको छ।

नेपाली २३ टोली-

गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजीव लोप्चन।