बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सम्पन्न

कात्तिक १४, काठमाडौं ।। बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।
दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्य तालिका पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रवार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।
सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।
चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिवार एयर इन्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको