कोप २६ सम्मेलनः जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण चीन र भारतले गुमाए अर्बौं डलर

एजेन्सी
जेनेभा, १४ कात्तिक
प्रकृतिमा जलवायु परिवर्तनको नकरात्मक असरबारे प्रायः सबै परिचित छन् । तर, यसकै कारण विभिन्न देशले चुकाउनु परेको आर्थिक बोझ थोरैलाई मात्र थाहा हुन सक्छ ।
राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण एशियामा विकसित र विकासन्मुख देशहरुले अर्बौं डलर गुमाएका छन् ।
प्रतिवेदनअनुसार यस्तो जोखिमका कारण चीनले २३८ अर्ब अमेरिक डलर गुमाएको छ । चीनपछि भारतले ठूलो मूल्य चुकाउनु परेको छ । जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण भारतले अहिलेसम्म ८७ अर्ब डलर खर्च गरेको छ । त्यस्तै, जापानले ८३ अर्ब डलर र दक्षिण कोरियाले २४ अर्ब डलर गुमाएका छन् ।
राष्ट्रसंघको वार्षिक प्रतिवेदन ‘एशियामा जलवायुको अवस्था’ तथ्यांक उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०२० एशियामा सबैभन्दा बढी गर्मी भएको वर्ष हो । जलवायु परिवर्तनको अर्थ केबल विश्वव्यापी तापमान बृद्धि हुने भन्ने होइन । यसले साइक्लोन, बाढी पहिरो, खडेरी, हुरी बतास जस्ता प्राकृतिक घटनामा ठूलो असर हुन्छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले साइक्लोनमा आउने तीब्रताले ठूलो विनाश गर्छ ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु भएको छ । सम्मेलनमा सहभागी हुन् नेपाललगायत बिभिन्न देशका प्रतिनिधि सहभागी छन् ।
विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने विषयमा छलफल र आवश्यक रणनीति चाल्ने उदेश्यले सम्मेलन आयोजना भइरहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै