एकैदिन २ मुख्यमन्त्री एक्जिट : कर्णालीमा काँग्रेस, प्रदेश १ मा एकीकृत समाजवादीलाई चिठ्ठा

कात्तिक १५, काठमाडौं ।। सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट एक्जिट भएका हुन् । दुवै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिन बाध्य भएका थिए ।
कर्णालीमा मुख्यमन्त्री शाहीको राजीनामासँगै काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने मौका पाएका छन् भने प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सरकारको नेतृत्व गर्ने भएका छन् ।
शाही र राई दुवै पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् । त्यस्तै प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य आचार्य गत भदौ १० गते नियुक्त भएका थिए । उनले ६५ दिन सरकारको नेतृत्व गर्न भ्याए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत