विद्युतको अभाव हुन्न, मज्जाले झिलिमिली बत्ती बाल्नुस् : कुलमान घिसिङ

कात्तिक १६, काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।
‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ,’घिसिङले भने,’त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’
उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।
‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्,’ घिसिङ भने,’ तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’
घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।
घिसिङले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदयाममा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नभएको पनि बताए ।
उनले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनासहित अरु केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै