प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा साइडलाइन वार्ता

कात्तिक १६, ग्लासगो ।। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।
मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो ।
आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड-१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुबै नेताले गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीले भेटमा दुबै प्रधानमन्त्रीको भ्रमणका विषयमा पनि भएको जनाएका छन् । पहिले मोदी नेपाल आउने र त्यसलगत्तै देउवा भारत भ्रमणमा जाने विषयमा छलफल भएको बताइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता