लक्ष्मीपूजाको दियोबाट अनामनगरको फर्निचर शोरुममा सल्कियो आगो

कात्तिक १८, काठमाडौं ।। अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आगलागी भएको हो।
कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आगलागी सुरू भएको परिसरले जनाएको छ।
उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।
शोरुमका सञ्चालक अशोक ढकाल हुन्। लक्ष्मीपूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए।
आगो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।
‘राति ७:५० बजेबाट आगलागी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आगो निभाउन प्रयासरत् छ,’ सिंहले भने।
आगलागी लगभग नियन्त्रणमा आएको जानकारी उनले दिए। आगलागीबाट पचास लाख रुपैयाँको क्षति आँकलन गरिएको सिंहले बताए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा