एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

नवलपुरमापनि नेवार समुदायले मनायो मौलिक पर्व म्हपूजा र नेपाल सम्वत्

१९ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेवा गुठीहरुको आयोजनामा नयाँ बर्ष नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना आदानप्रदान तथा शोभा यात्रा निकालेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी कावासोती ३ नमुना सदरमुकामबाट त्रिभुवनटार, थाना चोक हुँदै पुन नमुना सदरमुकाम सम्म मोटरसाइकल र्याली एवम् शोभा यात्रा गरिएको छ ।

त्यसैगरी आज नै गैडाकोट, देवचुली, मध्यविन्दु, विनयी त्रिवेणी लगायतका क्षेत्रमा पनि नेवा गुठीहरु शुभकामना आदानप्रदान तथा र्याली निकालेर नयाँ बर्ष ११४२ को स्वागत गरेका छन् ।

यता तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आजै नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाएका छन् ।

आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन ।

म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । म्हपूजाकै अवसर पारेर शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत सुरु भएको कथन पाइन्छ ।

 

 


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd