एमसीसी संसदबाट पारित गर्न सकिन्न, यो नै माओवादीको निर्णय हो : नारायणकाजी श्रेष्ठ

१९ कात्तिक, काठमाडौं ।। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगको एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पारित गर्न नसकिने बताएका छन् ।

एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विरोधाभाष देखिएका बेला नेता श्रेष्ठले यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादीको आधिकारिक धारणा र निर्णय रहेको बताएका छन् ।

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।’

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 7 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 19 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *