राष्ट्रपति भण्डारीले दाइ डेकेन्द्र पाण्डेलाई लगाइदिइन् भाइटीका

कात्तिक २०, काठमाडौं ।। हिन्दू नेपालीहरूको महानचाड तिहार दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।

नेपाली समयअनुसार टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा थियो ।

अधिकांश नेपालीले शुभसाइतमै टीका लगाएका छन् भने शुभसाइतमा लगाउन नभ्याउनेहरू त्यसपछि पनि टीका लगाउन सक्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभसाइतमा दाइ डेकेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन् ।

बहिनीको हातबाट टीका थाप्न पाण्डे शीतल निवास पुगेका थिए ।