मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

काठमाडौं, २० कात्तिक , एजेन्सी ।।
फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।
गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए। विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो।
फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ। त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ। हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने।
रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ। आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसकोे अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ।
मेटाको मेटाभर्स एक बहुप्रयोगकर्ता भिआर स्पेस हो, पोर्टल हार्डवेयरमार्फत् जसको पहुँचमा पुग्न सकिन्छ। वास्तविक समयअनुसार ट्रयाकिङका साथ यो प्लेटफर्मले तथ्यांक संकलनमा नयाँ सहजता प्रदान गर्छ, जुन फेसबुकद्वारा धकेलिएको सीमाभन्दा धेरै टाढा जान्छ।
वास्तवमा, डिपफेससँग बनाएको योजनाबारे मेटाले खुलासा गरेको छैन। तर, कम्पनीले प्रयोगकर्तालाई आगामी परिवर्तनबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
‘आगामी दिनमा यस्ता खालका प्रविधिको सम्भावित उपयोेगका लागि नागरिकले यसको प्रयोगबारे कस्तो चाहना राखछन्, यो प्रणाली र यसभित्र रहेको डाटालाई मानिसहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे हामी उनीहरुलाई सुसूचित गरिहन्छौं। हामी कसरी नवप्रवर्तनको ढाँचालाई अगाडि बढाउँछौं भन्नेबारे पनि जानकारी दिन्छौं,’ ग्रोसले भने।
ग्रोसले यसो भनिरहँदा फेसबुकमा रहेको अनुहार पहिचान गर्ने पद्धतिसँग यो मेल खाँदैन। फेसबुकमा अनुहार चिन्ने प्रणाली सुरु भएको नौ वर्षपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै