विदेशी पर्यटकको निधारमा सप्तरंगी टीका

कात्तिक २०, पोखरा ।। तिहार खासगरी हिन्दु नेपालीको मुख्य पर्व हो। पछिल्लो समय नेपालका अन्य समुदायमा पनि यो पर्व लोकप्रिय बनिरहेको छ। आजभोलि नेपाली मात्रै होइन, विदेशी पर्यटक पनि सप्तरंगी टीका लर्काएर रमाइलो गर्न थालेका छन्। 

पोखरामा रहेको पश्चिमाञ्चल होटेल संघले पर्यटक लक्षित भाइटीका महोत्सव आयोजना गरेको छ। १६ वर्षअघि सुरु भएको यो महोत्सवको १४औं संस्करण शनिबार मनाइएको छ।

‘दुई वर्ष कोभिड संक्रमणका कारण रोकियो। अहिले फेरि सुरु गरेका छौं,’ होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘नेपाल आएका पर्यटकलाई अब भाइटीका महोत्सवबारे थाहा हुन थालिसक्यो। अहिलेको महोत्सवमा यसअघि टीका लगाएर गएकाहरू पनि सहभागी छन्।’ उनका अनुसार ६ जना पर्यटकले दोहोर्‍याएर भाइटीका लगाएका छन्।

यो वर्ष विभिन्न ९ देशका २० विदेशी नागरिकले टीका लगाएका उनले जानकारी दिए। पोखरास्थित रेन्वो चिल्ड्रन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए। नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको सुवेदीको भनाइ छ।

टीका कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएका थिए। टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फूलको माला, टोपी र सेलरोटीलगायत परिकार दिइएको हो। सोही अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। उनले तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने विगत १३ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताए। 

भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्राेडक्ट बन्दै गएको अध्यक्ष तुलाचनले बताए। टीका लगाएपछि विदेशी पर्यटकहरू निकै खुसी देखिएका थिए।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१२
    • 21 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *