१६ बैंकको लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ? हालसम्मकै उच्च प्रतिफल दिनेमा नबिल

कात्तिक २१, काठमाडौं ।। १६ वाणिज्य बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गर्नेहरूमा नबिल, हिमालयन, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स्, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यस्तै, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं र एनएमबी बैंकले समेत तिहार अघि नै आफ्नो लाभांश घोषणा गरेका छन् ।

हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक

कुल २७ वाणिज्य बैङ्कहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका १६ बैङ्कहरू मध्ये पति हालसम्मकै उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक बनेको छ । बैंकले अधिकतम ३८ प्रतिशतसम्मको लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएसँगै बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूमा वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा कुल ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै, हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीलाई २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा बैंकले कुल २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने बैंकको चुक्ता पुँजी हाल १० अर्ब ६८ करोड रुपैँया पुगेको छ । 

यता मर्जर पार्टनर इन्भेष्टमेन्ट बैंकले भने गत आर्थिक २०७७/७८ मा कुल तीन अर्ब ६५ करोड १४ लाख ९६ हजार खुद नाफा आर्जन गरेकोमा नाफाबाट १६ प्रतिशत मात्र लाभांश वितरण गर्ने जनाएको छ । बैंकले गत वर्षको मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

सो बापत बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने, ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अन्य कुन बैंकले कति गरे लाभांश घोषणा ?

हालसम्म लाभांश घोषणा गरेका बैङ्कहरू

तस्वीर : रातोपाटी ।।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 19 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 18 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *