एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

के हो त कुरोको चुरो ? प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा सहभागी हुन बारको कानुन व्यवसायीलाई आह्वान

कात्तिक २१, काठमाडौं ।। प्रधानन्यायधीशको टिकाबाट सरकार गठन, प्रधानन्यायधीशबाटै सरकारमा आफ्नो हिस्साको माग, सपथ खाएका मन्त्री हमालबाट राजीनामा, सरकारको पूर्णतामा प्रश्नचिन्ह, बार र बेञ्चको सम्बैधानीक इजलासमा असहयोग, प्रधानन्यायधीशको राजीनामाको माग, प्रधानन्यायधीशबाटै बेञ्चका न्यायधीशको नामबाट एकल इजलास, देशको सर्वोच्च सम्वैधानीक निकायबाट मञ्चित एकल नाटक, प्रतिपक्षको मौन स्वीकृति, कालो कोटधारीहरुको अदालत परिषरमै कुस्ती, मिडियामा बारका कानुन व्यावसायीको सेटिङ्को विरोधमा प्रधानन्यायधीश भएका कारण कानुन व्यावसायीको मागी खाने भाडो रित्तिएपछि सबै प्रकाण्ड छताछुल्ल भयो भन्ने कुराहरु एक कान दुई कान मैदान हुँदैछ । ढिलो चाँडो धुरीबाट पाप कराउला कि, तैं चुप मै चुप होला ? पर्खेर हेर्ने त होला । बल्ल त लिग कम नक आउट शुरु भएको भान हुँदैछ।

यस्तो छ समाचार …..

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा सहभागी हुन बारको कानुन व्यवसायीलाई आह्वान

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ । आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।  

‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकोले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ’, आइतबार महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

देशभरिका बार एकाइका अध्यक्ष, सचिवज्यूहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बताइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । 

याधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् । उनीहरू पनि भोलि बिहानैबाट जबराविरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् । 

एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन्।


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd