चिसो बढ्ने संकेत : केही स्थानमा हिमपातको सम्भावना

कात्तिक २२, काठमाडौं ।। हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बुधबार देशको प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

 

काठमाण्डौमा हिजोभन्दा आज चिसो बढी

काठमाण्डौमा हिजोभन्दा आज चिसो बढी छ । हिजो दिउँसोदेखि नै काठमाण्डौको मौसम बद्ली भएकाले आज चिसो अलि बढेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज भने काठमाण्डौको मौसम आंशिक रुपमा मात्रै बद्ली हुनेछ । हिजो सामान्य बद्ली थियो । आज हिजोको भन्दा मौसम खुल्ने उहाँले बताउनुभयो । आज बिहान चिसो भए  पनि दिउँसाे घाम लाग्ने उहाँले बताउनुभयो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।