मात्रै ६ सय ४९ रूपैयाँ प्रतिमहिनामा सिजि नेटले ५० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने ।

प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्।
सिजीका अनुसार यो प्याकेज १ महिना, ३ महिना, ६ महिना र १ वर्षका लागि उपलब्ध छ।
त्यस्तै तीन महिनाको प्याकेज लिन चाहनेलाई १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै वार्षिक ग्राहकले ७ हजार ७ सय ८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार यी प्याकेज लिन चाहने ग्राहले जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सक्नेछन्।
कम्पनीले यसअघि नै प्रति महिना ९९९ रूपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट वितरण गरिसकेको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता