एमालेले नेता कार्यकर्ताबाट साढे सात करोड रुपैयाँ उठाउने

कात्तिक २४, काठमाडौं ।।

नेकपा एमालेले नेता कार्यकर्ताबाट झन्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ ।

चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तीमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।

बुधवार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तीमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो  ।

रु ७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन् । समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।