अदालत प्रवेश रोक्ने बारको घोषणा लगत्तै बाहिरिए प्रधानन्यायाधीश

कात्तिक २५, काठमाडौं ।।
राजीनामाको दबाब झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणा लगत्तै अदालतबाट बाहिरिएका हुन् ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्र बाह्रबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
धर्ना बिथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरेका थिए ।
जबरा अदालतबाट बाहिरिए पनि सर्वोच्च अदालतका न्यायाधीशहरू भने बुधवार पनि आन्तरिक छलफलमा जुटेका छन् । जबराले बुधवारका लागि नौ वटा इजलास गठन गर्दै १७७ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए ।
तर, न्यायाधीशहरू भने जबरासँग बेन्च सेयरिङ नगर्ने, बन्दीप्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने अडानमा कायम छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव