सञ्चार बिद्येयक पत्रकारका हकहित विपरीत आउँदैन–सभापति लामिछाने

नवलपुर, कार्तिक २५ । गण्डकी प्रदेश सरकारले टेवुल गरेको सञ्चार बिद्येयक पत्रकारका हकहित विपरीत हुँदै नहुने बिधायन समितिका सभापति बिष्णुप्रसाद लामिछानेले बताएका छन् । बिहिवार कावासोतीमा आयोजित दाउन्ने साप्ताहिक पत्रिकाको १२ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा प्रदेश सांसद समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले संसद तथा गण्डकी सरकार हुँदै अहिले उक्त बिधेयक बिधायन समितिमा आईपुगेको बताए । उनले आफू पनि राजनीतिमा प्रवेश गर्नुअघि पत्रकारिता गर्दा भोगेका अनुभव स्मरण गर्दै पत्रकारिता क्षेत्रमा रहेका चुनौती र समस्याका बिषयमा जानकार रहेकाले पत्रकार र पत्रकारिता क्षेत्रमा सरकारले जारी गर्ने विधेयक बाधक हुने गरी आउदै नआउनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
उनले भने– “बिधेयक फिर्ता हुन सक्तैन । मैले राजनीतिमा लाग्नुअघि पत्रकारीता गरेकाले यसभित्रका समस्या अनुभव गरेका छु । संयोगले अहिले म बिधायन समितिको सभापति छु । के के बुँदामा संसोधन गर्न सकिन्छ पत्रकार तथा बिज्ञहरुबीचको छलफलबाट टुंगो लगाउँला । तपाईहरु ढुक्क हुनुहोस् । बिधेयक तपाईहरुको हित विपरीत आउँदैन ।
कार्यक्रममा गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष नारायण शर्माले सु शासनका लागि पत्रकार र नेता सुध्रिन जरुरी भएको बताए । उनले भने– पत्रकारले आफ्नो क्षमता बृद्धि गरेर र नेताले आफ्ना धारणा मात्र ठीक अरुका विचार बेठीक भन्ने अहमता हटाएर आफूलाई सुधार्नुपर्नेछ ।
कार्यक्रममा अधिकांश बक्ताहरुले फेक समाचारको श्रृंखलामा बृद्धि हुँदा मूलधार पत्रकारितामाथी असर परेको धारणा राखेका थिए ।
दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व कर्मचारीद्वय ज्ञानुमाया पंगेनी र सीता सापकोटालाई सम्मान गरिएको थियो । नवलपुर एफएम ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै