३ करोड खोप बाटोमा, ५ करोड खोप आउने पक्का: स्वास्थ्यमन्त्री

काठमाडौं, कार्तिक २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अहिलेसम्म ५ करोडभन्दा धेरै खोपको सुनिश्चितता भइसकेको दाबी गरेका छन्।
स्वास्थ्य मन्त्री खतिवडाले बुधबारसम्म २ करोड २५ लाख आसपासमा खोप आइसकेको दाबी समेत गरे।
‘३ करोडभन्दा माथि खोप पाइप लाइनमा छन्। ५ करोडभन्दा माथि खोपको सुनिश्चित गरिसकेका छौं। त्यो भनेको पर्याप्त हो,’उनले भने,’अन्य सहयोग प्राप्त हुने क्रम जारी छ। बुधबारमात्रै ६० लाख खोपको प्रतिबद्धता आएको छ। यो सबै जोड्दा झण्डै ६ करोड खोप सुनिश्चित भइसकेको छ।’
उनले चैतसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई लक्ष्य अनुसारको खोप लगाइसक्ने दाबी गरे।
‘सुरूमा हामीले १८ वर्षभन्दा माथिका नागरिकलाई लगाउने भनेको हो। लक्षित समूह र त्यसको ७२ प्रतिशतलाई पुर्याउँछौं भनेको हो। चैतसम्मको प्रतिबद्धता पूरा हुन्छ,’उनले भने,’१२ देखि १८ वर्ष उमेर समूहको लागि १ करोड खोप सुनिश्चित गरिसकेका छौं। त्यसमध्ये ६० लाख खोपको भुक्तानी गरिसकेका छौं। सम्झौता भएको १ महिनाभित्र खोप आउँछ।’
२ वर्षदेखि १२ वर्षसम्मको उमेर समूहको लागि खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भन्दै उनले आफूहरूलाई औपचारिक जानकारी भने नआइसकेको बताए।
यो खोपका लागि समेत प्रयत्न भइरहेको उनको भनाइ छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै