
कात्तिक २६, कावासोती ।।
कावासोतीमा रहेको गण्डकी आवासीय माविमा विद्यालयलको सामाजिक उत्तरदायित्व अन्तर्गत अभिभावकहरुका लागि एकदिने हाम्रो स्वस्थ जीवनशैली सम्बन्धि प्रशिक्षण आज कार्यक्रम सम्पन्न भएको छ ।
नाट फ्रेश हेल्थ केयर प्रा लि को प्राविधिक सहयोग र गण्डकी आवासीय माध्यमिक विद्यालयको आयोजनामा सो कार्यक्रम विद्यालयको सभाहलमा आयोजना गरीएको थियो । सो कार्यक्रममा बरिष्ठ प्राकृतिक चिकित्सा विज्ञ डा. संग्राम पुरीले स्वस्थ तन, मन र आत्माको संयोजन नै वास्तबिक स्वास्थ्य प्राप्तीको बाटो हो भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्राकृतिक आहार, विहार र सकारात्मक सोंचको व्यवहार कसरी अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहको थियो । कार्यक्रममा करिब दुई सय बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यालयले हरेक बर्ष यस्ताखालका बहुउपयोगी कार्यक्रमहरु ल्याइरहेको र यो कार्यक्रमपनि त्यस्तै खालको सामाजिक उत्तरदायित्वको भावना बोकेको कार्यक्रमको निरन्तरता भएको कुरा गण्डकी आवासीय मावि का प्रधानाध्यापक जगत प्रसाद भट्टराईले बताउनुभयो ।