कात्तिक २७, काठमाडौं ।। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि आज शनिवार देशैभर महाधिवेशन प्रतिनिधिको चयन हुँदैछ ।

भूगोलमा संगठित सदस्यका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र अन्य पेशागत संघसंगठन लगायतबाट एमालेले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दैछ ।

आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा प्रतिनिधि चयन गर्न अपिल गरेका छन् ।