चितवनको रत्ननगरबाट दुई क्वीन्टल चरेश बरामद

रत्ननगर, २७ कात्तिक । चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक एक गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।
च्यवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अबस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।
गोदाममा चरेश रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । उद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन् । अवैध लागुऔषध चरेशको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव