पछिल्लो २४ घण्टामा दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कात्तिक २७, काठमाडौं ।। पछिल्लो २४ घण्टामा दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार दुई सय ४३ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव ५७ प्रतिशत अर्थात दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १६ हजार ६ सय ७५ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार नौ सय २६ पुगेको छ । थप दईइ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७१ जना पुगेको छ ।
अहिले नेपालमा सात हजार दुई सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार सात सय १६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित अहिलेसम्म ७५ लाख ४१ हजार दुई सय ६७ जनाले पूर्ण मात्रा र ८८ लाख २४ हजार आठ सय १५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव