प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने काम भयो, निर्णय गर्ने सबै न्यायमूर्तिलाई कारवाही हुनुपर्छः रायमाझी

१. न्यायलय आन्दोलनको निकासबारे त्रिविका चार पूर्वउपकुलपतिले सरकार र दलहरूको ध्यानाकर्षण गराए :

काठमाडौं, २७ कात्तिक

त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले न्यायलयमा देखिएको समस्या समाधानका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै बार एसोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा लामो समयदेखि सर्बोच्च अदालतमा भइरहेको बार एसोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उल्लेख छ। न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी भएकोमा जोड दिइएको छ ।

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ, विज्ञप्तिमा भनिएको छ, जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौँ । आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालोस्, हाम्रो आग्रह छ ।

२. सम्प्रादायिक सद्भावमा खलल पुग्ने भन्दै जनकपुरमा निषेधाज्ञा :

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

शनिबार धनुषा जनकपुरधाम उपमहानगरपालिका(२० देवपुरा रुपैठा भन्ने ठाउँमा केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जिल्ला सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेकाले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म चारकिल्ला तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञामा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने उल्लेख छ । दिउँसो २:०० बजेदेखि लागु भएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म कायम रहनेछ ।

निषेधाज्ञा उल्लंघन गर्ने जो सुकैलाई प्रहरीले कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।

३. समूह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार :

समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ । कैलाली घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेनिङ नामक कम्पनीका संयोजक मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्क विहीन बनेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका(६ डुम्रीगाउँमा रहेको कम्पनीको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घलेले मिलेर सर्वसाधारणलाई ठगी गरेको पीडितले बताएका छन् ।

कम्पनीबाट सामाजिक परिचालकहरू परिचालन गरी एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको ६ लाख ६५ हजार, कर्मचारीको बिमा बापतको नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको दंगीशरण गाउँपालिकाका सामाजिक परिचालक प्रदीप वलीले बताए ।

स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख छ । उनीहरूले दाङ सहित दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, डडेलधुरा, बर्दिया, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

४. प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने काम भयो, निर्णय गर्ने सबै न्यायमूर्तिलाई कारवाही हुनुपर्छः रायमाझी ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूहरु प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं । पाँच दलीय गठबन्धन अपवित्र हो । यो सरकारका समर्थक, जसले आफूलाई न्यायमूर्तिहरु ठान्नुहुन्छ, वकिल मान्नुहुन्छ, उहाँहरुले ल्याएको विषय हो । परमादेशबाट सरकार बनाउने, जनादेशलाई अपमान गर्ने काम भयो,’ उनले भने ।

उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने जिकिर गरे । परमादेश र अध्यादेश लगायतको सन्दर्भमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको सहकार्यमा फैसलाहरू भएको, बार एशोसिएसशनका पदाधिकारीसहित वकिलहरुको पनि भूमिकामा बदमासी, गलत निर्णयहरु गरिएको भन्दै रायमाझीले थपे, अहिले जनताबाट नाँग्गिने भइयो भनेपछि प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने कोसिस भैरहेको छ । यो विचित्र र विडम्बना हो । निर्णय सबै न्यायमूर्तिहरुले गरेका हुन् । सबैले राजीनामा दिनुपर्‍यो, सबैले कारबाही भोग्नुपर्‍यो ।’

उनले न्यायापालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको आरोप लगाए । उनले भने, ‘न्यायालयका कतिपय निर्णयमा हाम्रो असहमति छ, सरसर्ती हेर्दा निर्णय गर्ने सबैले जिम्मेवारी लिनुपर्छ । न्यायालयभित्रका विकृति, विसंगतिको बारेमा कुरा उठेको छ, यसमा गम्भीर अनुसन्धान गर्नुपर्छ । कारबाही सबैलाई हुनुपर्दैन ? राजीनामा सबैले दिनुपर्दैन् ?

न्यायाधीशहरुले बेञ्च बहिष्कार गर्ने, बार पसिरमा विद्धान वकिलहरुले हातपात गर्ने, न्यायालय घेर्ने, बहसरपैरवी बहिष्कार गर्ने, अदालत घेराबन्दी गर्ने, सेवा बन्द गराउने काम गलत भएको उनको भनाइ छ । जनताका मुद्दा सुनुवाई गर्नुपर्दैन् रु एउटा प्रधानन्यायधीशलाई कारबाही गर्दैमा समस्याको समाधान हुन्छ रुु उनले प्रश्न गरे,  सरकारवादी पार्टीहरुले यो बुझ्न पर्ने कुरा हो । हामी प्रमुख प्रतिपक्षी दलको नाताले कमीकमजोरी देखाइदिने हो । जजसले गलत निर्णयमा साथ थिए, जोरजो सहभागी छन्, उनीहरु सबै कारबाहीको भागिदार हुनुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको तर्क गरे । जनादेशको सरकारलाई हटाएर परमादेशबाट सरकार बनाउने, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कामहरु संविधानविरोधी भएको उनको भनाइ छ । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई कमजोर बनाउने काम गठबन्धन सरकारले गरेको उनले आरोप लगाए ।

५. सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनः

सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एसोसिएसनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचन भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक समीर खानले २२ मत प्राप्त गरेका थिए ।

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको चारवर्षे कार्यकाल रहने छ । लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनिता नेपाली चुनिइन् ।

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुई दिने साधारणसभा र अधिवेशनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

६. इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शनः

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले बिहीबार बजार परिक्रमा गरी कृष्ण चोकमा कोणसभामा परिणत भई विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी मुर्दावाद, दलाल मुर्दावादलगायत नारा लगाएका थिए ।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए ।

पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।

७. पोखरा–काठमाडौं यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्माः

अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताएका हुन् ।

‘पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।

‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’

उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ रु त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ रु सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’

नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोग विहीन भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गरेका थिए । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उनको आग्रह छ ।

८. कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशनः

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय लमजुङमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले नागरिकको पक्षमा संवेदनशील भएर काम गरेको बताइन् । उनले भनिन्, ‘जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी प्रदेश सरकारले काम गरिरहेको छ ।’ विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकार नागरिकको साथमा रहेको भन्दै जनताको शान्ति सुरक्षामा ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको शान्ति सुरक्षाको साथै बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरी, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले कार्यालयले गरेको काम बारे जानकारी गराएका थिए ।