खाद्य तेल निर्यातमा उत्साहजनक वृद्धि, प्रशोधित सामग्री निर्यातबाट खुसी हुनुनपर्ने विज्ञकाे भनाइ –

  • समाचार
  • २०७८ कार्तिक २७, शनिबार २१:२२

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा अघिल्लो वर्षको तुलनामा १ सय ९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागकाअनुसार यो वर्ष ६५ अर्ब ५२ करोड बराबरको वस्तु निर्यात भएको छ । तर, निर्यातको ठूलो हिस्सा पाम, सूर्यमुखी र भटमास तेलले ओगटेको छ । अन्य देशबाट कच्चा पदार्थको आयात भएर नेपालमा प्रशोधित भई विदेश निर्यात हुने यो तेलले नेपालको निर्यातमा योगदान त पुर्‍याए पनि स्थायित्वको प्रश्न उठेको छ ।

व्यापार निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार साउन यतामात्रै यी वस्तुको कुल निर्यात ३७.३६ अर्ब पुगेको छ । यस अवधिमा ६५ अर्ब ५२ करोड मात्रै वस्तु निर्यात भएको छ । प्रशोधित खाद्य तेलको निर्यात मध्ये भटमासको तेल, पाम तेल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ३३.९, २०.८ र २.८ प्रतिशत रहेको तथ्याङ्क छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५३ अर्ब ३८ करोेड बराबरको भटमास तेल निर्यात भएको छ । यस्तै १६ अर्ब २४ करोडको सुर्यमुखी तेल र ७ अर्ब २३ करोड रकम बराबरको पाम तेल निर्यात भएको छ । आर्थिक वर्ष २०७५/०७६ को पहिलो ३ महिनामा २ अर्ब ३ करोडको भटमास तेल निर्यात भएकोमा यस वर्षको प्रथम ३ महिनामा ५३ अर्ब ६५ करोड बराबरको तेल निर्र्यात भएको देखिन्छ ।

यस्तै सूर्यमुखी तेल ०७५/०७६ मा आयात शुन्य भएको तेल यस आर्थिक वर्षको ३ महिनामै २ अर्ब २५ करोड बराबरको निर्यात भएको छ । गत वर्ष भारतले निर्यातमा रोक लगाएपछि ५ लाख रुपैयाँको मात्रै निर्यात पाम तेल यस वर्षको पहिलो ३ महिनामै ७ अर्ब बराबर निकास भएको केन्द्रका तथ्याङ्क अधिकृत कृष्णप्रसाद बजगाईं बताउनुहुन्छ ।

नेपालमा यी तेलको कच्चा पदार्थको आयात हुँदै प्रशोधन हुने र निर्यात केन्द्रको रूपमा मात्रै रहेको छ । यसरी कच्चा पदार्थ आयात हुने र प्रशोधन भई भारत निर्यात हुँदा नेपाललाई भन्सार शुल्क उठ्नुका साथै रोजगारी सिर्जना समेतमा सहयोग पुग्छ । तर, नेपाललाई ट्रान्जिटको मात्रै विकास गर्दा नेपालको वैदेशिक व्यापार दिगो भने हुन नसक्ने पूर्ण उद्योग तथा वाणिज्य सचिव ङईन्द्र उपाध्याय बताउनुहुन्छ ।

गत वर्ष भारतले पाम तेल आयातमा रोक लगाएपछि नेपाली व्यापारमा हलचल भएको थियो । निर्यातमा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक नै हो । तर, कुनै निश्चित प्रशोधित सामग्रीमा भएको निर्यातबाट खुसी हुनुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन् ।

इमेजखबरबाट…………………………

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *