
सबैभन्दा महँगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् एक बिटक्वाइन बराबर ६७ हजार ६७३ डलर ७४ सेन्ट पुगेको छ । यसअघि बिटक्वाइनमो मूल्य प्रतिबिटक्वाइन ६७ हजार डलर पुगेको थियो ।
त्यस्तै दोश्रो महँगो क्रिप्टोकरेन्सी इथेरियमले पनि नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार इथेरियमको मूल्य चार हजार ८२२ डलर ३६ सेन्ट पुगेको क्वाइनमार्केटक्यापले जनाएको छ ।
जेपी मोर्गान चेज कम्पनीका सीईओ जेमी डिमोनले बिटक्वाइनलाई मूल्यहीन भने पनि लगानीकर्ताहरूले बिटक्वाइनको मूल्य अझै बढ्ने प्रक्षेपण गरेका छन् ।
सीएनएनबाट