सहिद स्मारक ए डिभिजन लिगः दुई चरणका खेल दशरथ रंगशालामा हुने
मंसिर १, काठमाडौं ।। मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ। जस अन्तर्गत सुरुआती दुई चरणका सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ। यसअघि एन्फाले आयोजना गरेको टाई सिट ड्रड सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो।
शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइनेछ। उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुनेछन्। पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल ४ः४५ बजे हुनेछ।
कुल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुनेछन्। लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन्।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको