रामदेवले नेपालमा पतञ्जली नेपाल टेलिभिजन खोल्दै

मंसिर १, एजेन्सी ।। भारतीय बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
यस्तै योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा (नोभेम्बर १९) गर्ने तय भएको छ । उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण र भारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै