ए डिभिजन लिग आजबाट, उद्घाटन खेलमा फ्रेण्ड्सलाई सातदोबाटोको चुनौती

मंसिर ३, काठमाडौं ।। शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जीतका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन्।

सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो। फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ। 

खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए। 

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए। उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे। 

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौं। ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ। हामी छैटौं, सातौं स्थानसम्म आउने प्रयास गर्नेछौं। खेलमा जुन विपक्षी पनि बलियो हुन्छन्। सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ। भोलिको खेल गाह्रो नै होला।’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने। 

फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाइमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए। 

‘हाम्रो टोली औसत छ। सातदोबाटोलाई हामीले कम मानेका छैनौं। ३ अंक हासिल गर्ने योजना छ।’ पहिलो पटक फ्रेण्डसकाे जर्सीमा देखिन लागेका विकले भने। 

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ। 

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ। ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो। त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने। 

कुन–कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ। दुई–तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन्। 

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ। राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन्। लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 19 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 18 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *