पत्रकार महासंघको निर्वाचन : अध्यक्ष पदमा पाँचजनाको दावेदारी

  • समाचार
  • २०७७ चैत्र १६, सोमबार ०८:२१

नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाले दावेदारी पेश गरेका छन् । यही चैत २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी गर्दै शनिबार मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरूमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेल हुनुहुन्छ ।नेपाल पत्रकार महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिनुभएको छ ।
यसैगरी महासचिवमा बालकृष्ण वस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतम हुनुहुन्छ ।यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरूका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरू प्रशस्तै देखिएका छन् । यस पटकदेखि महासंघको निर्वाचन प्रत्यक्ष रुपमा सबै मतदाताले मत दिन पाउने व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले माओवादी केन्द्रनिकटको प्रेस संगठन, नेकपा एमाले माधव नेपाल समूहनिकटको प्रेस चौतारीसहितका अरु संस्थासँग मिलेर उम्मेदवारी दर्ता गराएको हो । युनियनले विपुल पोखरेलको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारको छ ।
यसैगरी नेकपा एमाले अध्यक्ष केपी ओली निकटको प्रेस चौतारीले पनि अरु केही साना संस्थासँगको साझेदारीमा निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारेको छ ।
उता, युनियनमा भने आधिकारिक उम्मेदवारी नपाएपछि विद्रोही उम्मेदवारी पनि परेको छ । अध्यक्षमा रामप्रसाद दाहाल, उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा राजेश मिश्र उक्त समूहका सदस्यहरू हुन् ।
चौतारीमा पनि दीपक पाठकले विद्रोही उम्मेदवारी दिनुभएको छ भने गजेन्द्र बुढाथोकीले आफूलाई श्रमजीवीहरूको प्रतिनिधि भन्दै मनोनयन दर्ता गराउनुभएको छ ।
निर्वाचनका दिनसम्म कति जनाले फिर्ता लिने छन् र कति जनाको बीचमा मुख्य प्रतिष्पर्धा हुनेछ त्यसका लागि उम्मेदवारको अन्तिम सूची पर्खनुपर्नेछ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ फाल्गुन ४, आईतवार १८:१२
  • 48 views
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

विस्तृत.....

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 108 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *