बढीरहेछ प्रदुषण र चिसोः किन र कहिलेसम्म ?

मंसिर ४, काठमाडौं ।। तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।
अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।’
हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उनले बताइन् । बिहान काठमाडाैं उपत्यकामा हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ । ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’
बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै