गैँडाकोट काँग्रेस महाधिवेशन : सभापतिमा युवा नेता गोपाल प्रसाद सापकोटा भारी मतले विजयी

मंसिर ५, गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा युवा नेता गोपाल प्रसाद सापकोटा विजयी भएका छन् । सभापतिको दौडमा रहेका तारापति खरेललाई ११८ मतले पछि पार्दै युवा नेता सापकोटाले सभापति पदमा बाजी मारेका हुन् ।गाेपाल प्रसाद सापकाेटाले ३२९ मत ल्याउँदा तारापतिले २४७ मतमा चित्त बुझाउनु पर्याे ।
नेपाली काँग्रेसका महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ का सांसद शंसाक कोईराला निकट मानिने तारापति खरेललाई उछिन्दै नेता महेन्द्रध्वज जिसी निकट मानिएका सापकोटा सभापति पदमा विजयी भएसँगै काँग्रेसभित्र ठुलो तरंग छाएको छ । सभापतिमा सापकाेटा विजयी हुनुले अवकाे क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनलाई समेत धक्का पुग्ने काँग्रेसजन बताउछन् ।
क्षेत्रीय कार्यसमितिको उपसभापति पदमा गोविन्द राज कोईराला र कविराज आचार्य विजयी भए । कोईरालाले ३०१ र आचार्यले २९३ मत प्राप्त गरे । उपसभापति पदमा विजयी भएका दुवैजना अध्यक्षमा पराजित भएका खरेल प्यानलका उमेदवार हुन् ।त्यसैगरी सचिवमा दिनुराम सापकोटा र परमेश आचार्य विजयी भएका छन् । उनिहरुले क्रमश : २९८ र २८२ मत प्राप्त गरे । क्षेत्रीय कार्यसमितिको सहसचिवमा शालिकराम घिमिरे र करुणाकर पौडेल विजयी भएका छन् । उनिहरुले क्रमश : २७५ र २७३ मत प्राप्त गरे ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै