काठमाडौंमा प्रकाशमान-गगन हाबी, २० मध्ये १८ क्षेत्रमा जीत दर्ता

मंसिर ६, काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको अधिवेशनमा यसपालि पनि काठमाडौंमा आफ्नो पकड कायमै राखेका छन्।

अहिलेसम्म भएका वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा सिंह र केन्द्रीय सदस्य गगन थापा निकट नेताहरू नेतृत्वमा पुगेका छन्।

काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा शुक्रबार र शनिबार अधिवेशन भएकामा १८ क्षेत्र सिंह-थापा निकटले जितेका छन्।

भीमसेनदास प्रधान निकटले जम्मा २ प्रदेशसभा क्षेत्र जितेको स्रोतको दाबी छ। प्रधानको टिमलाई सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए।