
७ मंसिर, काठमाडौं ।। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।
बुधबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंगलबार
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहीबार
दिउँसो : प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।