एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

नवलपुरमा तीन गाँउपालिका प्रमुख काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

मंसिर ८, नवलपुर ।। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नवलपुरमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका तीन गाँउपालिकाका प्रमुख पराजित भएका छन् ।
हुप्सेकोट गाँउपालिकाका प्रमुख लक्ष्मीदेवि पाण्डे, विनयीत्रिवेणी गाउँपालिकाका प्रमुुख डम्मर जिसी र बौदीकाली गाँउपालिकाका प्रमुुख दुर्गाबहादुर रानाले महाधिवेशन प्रतिनिधिमा चुुनाव हारेका हुन् । जिल्लाको गैँडाकोट नगरपालिकाकी उपप्रमुुख विष्णु कुमारी कंडेल भने महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छिन् ।

 


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd