एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन,मंसिर ९-

चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd