मंसिर ९, काठमाडौं ।। गोदावरीबाट चोरीको मोटरसाइकलसहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। 

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदावरी नगरपालिका- १२ ठेचोबाट कालो रातो रंगकाे २२० सी.सी.को पल्सर मोटरसाइकल वास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३ ०२-०१४ प १२८३ नम्वर हालेर चलाइरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठेचो, ललितपुर बस्ने वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। 

उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश-०२-०१६ प १९३७  रहेको खुल्न आएको पनि उनले बताए।

पक्राउ भएको मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ माकलबारी बस्ने मनिष सेन्चुरीले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए। 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाकाे अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ।