मंसिर ९, नवलपुर । नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिवेशन केही दिन पर धकेलिएको छ ।
नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेका अनुसार अधिवेशन केही दिन पर सार्ने निर्णय भएको छ तर, मिति यकिन गर्न भने वैठकमा अहिले छलफल चलिरहेको छ ।
नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मत बराबर भएपछि पुन मतगणना बेलैमा हुन नसकेको कारण भोलि अर्थात मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन पर सरेको हो ।
क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको मतको पुन गणना मंसिर ११ गते हुने भएको छ ।