महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे चयन
मंसिर १०, काठमाडौं ।। चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो।
एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए। महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन्।
एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन्। मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो।
ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको बताए। ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन्। यस अघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’ तुलाधर भन्छन्।
एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन्। २६ खेलाडी समेटेर चेतनले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिकी प्रशिक्षण गराइरहेको छन्।
४ देशको सहभागिता रहने प्रतियोगिता २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको