एमाले महाधिवेशन : नवलपुरबाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
नवलपुर : नेकपा एमालेको दशौ महाधिवेशन शुक्रबार देखि चितवनमा सुरु भएको छ । एमालेको महाधिवेशनमा नवलपुर बाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
बर्तमान केन्द्रीय समिति सदस्य तिलक महतले फेरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका महतले दशौ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
यसैगरि एमाले नेता कृष्ण पौडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पौडेल संबिधानसभाका सदस्य हुन् । त्यस्तै एमाले नेता रविन्द्र अधिकारीले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताए । कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुन र एमाले नेतृ पद्मा जि.सि. ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले